२०८३ कार्तिक १२ गते बिहिवार

रोकिएको ट्रकमा बस ठोक्किंदा एक जनाको मृत्यु

काठमाण्डौ, ४ चैत ।  नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको ज्यान गएको छ । अरु चार जना सामान्य घाइते भएका छन् । गएराति भएको दुर्घटनामा भारत मोतिहारीका गौरी दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

रौतहटको गौरबाट पोखराको लागि छुटेको ग १ ख ८५२४ नम्बरको बस ना ६ ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको थियो । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।