तुलसीपुर, २ चैत । पश्चिम दाङको दंगीशरण गाउँपालिका १ को फुर्केसल्लीमा एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दङ्गिशरण १ को ठाटिका १९ वर्षीय बिषाल घर्ति मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा श्रीमतीसँग सामान्य विवाद भएपछी दौडेर जंगलतिर गएका घर्ती केही समयपछी मृत भेटिएका हुन् । घरमा श्रीमान–श्रीमतीबिच विगत देखी नै झैझगडा हुदै आएको बुझिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार श्रीमान जंगलतिर गएपछि श्रीमती पनि पछिपछि गएपनी नभेटाएपछी फर्केर आएर पुनः छिमेकीहरुसँग खोज्न जादा उनी मृत भेटिएका हुन् । आज शुक्रबार दिउँसो १ बजेको समयमा घटनाबारे प्रहरीलाई जानकारी आएपछी घटनास्थलमा गएर बुझ्दा घरदेखी झन्डै दुईसय मिटर टाढाको जंगलमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । सानैमा बुबा-आमा गुमाएका मृतक घर्तीलाई सानामा मामा-माइजीले पालेपनि अहिले भने परिवारका अन्य सदस्यसँग बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागी अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।