२०८३ कार्तिक १२ गते बिहिवार

जीप दुर्घटनामा परी ८ जनाको मृत्यु

काठमाण्डौ, २ चैत ।  उदयपुरको मैनामैनीमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या आठ जना पुगेको छ । सात जनाको घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै जनाको परिचय खुलेको छ । ज्यान जानेमा सुनसरीको इटहरी–९ का जीप चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी–२ की ७० वर्षीया पर्वतमाया राई, त्यही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राई रहेको प्रहरीले जनाएको छ ।

किशन राईको उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका नौ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । हिजो दिउँसो धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो । जीपमा क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।