२०८३ कार्तिक १२ गते बिहिवार

दंगीशरणमा आगलागीबाट ५ सय कागतीका विरुवा जलेर नष्ट

तुलसीपुर, १ चैत ।  पश्चिम दाङको दंगीशरण गाउँपालिका ७ मा आगलागीबाट ५ सय कागतीका विरुवा जलेर नष्ट भएका छन् । आगलागीबाट दंगीशरण ७ बाँकाका राजकुमार शाहीले ३ विगाह क्षेत्रफलमा लगाएको ५ सय कागतीका विरुवा जलेर नष्ट हुदा करिब ३ लाख बराबरको क्षेती भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान ११ बजेको समयमा नजिकैको खरबारीमा लागेको आगो एक्कासी कागती खेती गरिएको खेतमा सल्किन जादा आगलागी भएको हो । स्थानिय, प्रहरी र दमकलको सहायताले झन्डै डेढ घण्टा पछी आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट अन्य क्षेती भने हुन नपाएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।