२०८३ कार्तिक १२ गते बिहिवार

बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीका सईको मृत्यु

काठमाडौं, २८ फागुन ।  कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरी प्रभाग, कोटेश्वरमा कार्यरत् ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरमा मृत्यु भएको हो ।

फागुन २० गते प्रदेश ३–०१–००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिँदा खत्री गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँलाई ठक्कर दिने बसका चालक नवराज गिरीविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।