२०८३ कार्तिक १२ गते बिहिवार

होटल सञ्चालन गर्दै आएकी एक महिलाको हत्या गर्ने ४ जना पक्राउ

सिरहा, २६ फागुन ।  सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव भेटिएको छ । गोलबजार नगरपालिका–६ की ३२ वर्षीया अनिताकुमारी साहको ढुङ्गा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । साहले स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएको थियो । गए राति मृतक साह र उहाँका श्रीमान् महेन्द्र साहमाथि कुटपिट भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा पुग्दा महेन्द्रलाई बेहोस अवस्थामा भेटेपछि प्रहरीले उपचारका लागि गोलबजार पुर्‍याएको थियो । अनिताको घटनामा संलग्न भएको आशङ्कामा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिनुभयो । यसैबीच सप्तरीकै तिलाठी कोइलाडीमा मोटरसाइकलसहित एक जनाको शव भेटिएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ मा रहेको पुलमुनि राजविराज नगरपालिका–१६ बोरियाका राजेशकुमार यादव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।