२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा स्कारपियो, अटो, मोटरसाइकल र स्कुटी एकैपटक ठोक्किए 

तुलसीपुर, २५ फागुन । दाङमा स्कारपियोले अटोलाई ठक्कर दिदा ७ जना घाइते भएका छन् । स्कारपियोले अटोलाई ठक्कर दिएलगत्तै पछाडिबाट आइरहेका मोटरसाइकल र स्कुटी समेत ठोक्किएका थिए । घाइते हुनेमा स्कुटी चालक दाङको लमही नगरपालिका –७ हस्नापुर निवासी २१ वर्षका विश्व खड्का, मोटरसाइकल चालक राजपुर गाउँपालिका –३ निवासी २२ वर्षका दिपक घर्ती, पछाडी सवार गढवा गाउँपालिका  –६ निवासी १९ वर्षका मनिष सार्की, अटोचालक लमही नगरपालिका –७ कमानपुर निवासी ३५ वर्षका विष्णु बहादुर थापा, अटोमा सवार ५५ वर्षका हरि पुन, भारतको विहार जिल्ला खगरिया निवासी ४० वर्षका पंकज सिंह, भारतको रामपुर निवासी ५० कश्मीर सिंह रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्य अटो चालक विष्णु बहादुर थापा र स्कुटी चालक विश्व खड्कालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।  महेन्द्रनगरबाट काठमाण्डौ जाँदै गरेको प्र ३–०१०२२च१७५७ नम्बरको स्कारपियोले अर्जुन खोला पुलमा रा१ह ६९१२ नम्बरको अटो, रा२प५३८० नम्बरको मोटरसाइकल र रा७प ३५२६ नम्बरको स्कुटीलाई दिउँसो १ बजे ठक्कर दिएको थियो । स्कारपियो चालक ललितपुरको गोदावरी नगरपालिका –७ देवीचौर निवासी ३१ वर्षका दिनेश मान तामाङ सहित गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।