२०८३ कार्तिक १२ गते बिहिवार

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

भक्तपुर, २५ फागुन ।  भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हिजो बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका २५ वर्षीय सन्तोष भुजेलले २१ वर्षीया श्रीमती पवित्रा राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी सवा ७ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा कोठा भाडमा बस्दै आएका थिए । सन्तोषलाई पक्राउ गरी घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।