२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते

तुलसीपुर, २५ फागुन ।  दाङको तुलसीपुरमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका ११ का २८ वर्षीय शुमन भण्डारी र पछाडी सवार सोही ठाउँका ३९ वर्षीय नविन आचार्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको लु २ च १२७९ नम्बरको पिकअप जिपले विपरित दिशाबाट जादै गरेको रा ५ प ४६७३ नम्बरको मोटरसाइकललाई तुलसीपुर १७ मज्गैं नजिकै गयराती ९ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्य मोटरसाइकल चालक भण्डारीको अवस्था सामान्य रहेपनि पछाडी सवार रहेका आचार्यको अवस्था भने मध्यम रहेको प्रहरीकोे भनाई छ । जिप चालक शान्तिनगर गाउँपालिका २ का मान बहादुर वलीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।