२०८३ कार्तिक १२ गते बिहिवार

आगलागीबाट एक महिलाको मृत्यु

काठमाण्डौ, २० फागुन ।  सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ६ का ५२ वर्षकी गोपीमाया कटुवालको ज्यान गएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार स्थानीय विष्णु खड्काको घरमा गएराति भएको आगलागीमा कटुवालको ज्यान गएको हो । छोरा–बुहारीसँग डेरामा बस्दै आउनुभएकी कटुवाल सुतेको कोठाका झ्यालढोका भित्रबाट बन्द रहेकोले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।