२०८३ कार्तिक १२ गते बिहिवार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कास्की, १९ फागुन ।  पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–७ बुलौदीमा मोटरसाइकल दुर्घटना हुँदा कैलीलीका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायको ज्यान गएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

हल्लन चोकबाट जिरोकिलोमिटरतर्फ गुडिरहेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोकिँदा मोटरसाइकलमा सवार आचार्य र उपाध्याय घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।