२०८३ कार्तिक १२ गते बिहिवार

बस दुर्घटनामा परी ३१ जनाको मृत्यु, १० जना घाइते

काठमाण्डौ, १६ फागुन ।  मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गएको छ । बस केनिबाको मालियन शहरबाट छिमेकी बुर्किना फासो जाँदै गर्दा बागोई नदी पार गर्ने पुलबाट खसेको हो । हिजो भएको दुर्घटनामा दश जना घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर छ ।

बसमा मालीका नागरिक र पश्चिम अफ्रिकाका विभिन्न क्षेत्रका नागरिकहरू रहेका बीबीसीले जनाएको छ । सडक र गाडीको खराब अवस्थाका साथै क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाले मालीमा बारम्बार गाडी दुर्घटना भइरहन्छन् । यसअघि यही महिनाको शुरुमा एउटा बस ट्रकसँग ठोक्किँदा १५ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।