२०८३ कार्तिक १२ गते बिहिवार

ट्रक पल्टिएर किचिँदा ३ जना बालबालिकाको मृत्यु

मोरङ, ११ फागुन ।  मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर ४ निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक ट्रक पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

मार्बल बोकेको भारतीय नम्बरको ट्रक पल्टिँदा बुढीगङ्गा–४ प्रगति टोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्त तथा सन्जु खवासको आठ वर्षे छोरी रिहाको ज्यान गएको हो । घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हिँडिरहेका रिहाको दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा ज्योति अधिकारी र रिहाकी आमा सन्जु खवास घाइते हुनुभएको छ । प्रहरीले क्रेनको सहायतामा ढुङ्गा पन्छाएर शव निकालेको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।