२०८३ कार्तिक १२ गते बिहिवार

चट्याङ लागेर सल्यानमा चार जना घाइते

सल्यान, १० फागुन ।  सल्यानमा चट्याङ लागेर चार जना घाइते भएका छन् । घाइते हुनेमा शारदा नगरपालिका १३ निवासी जानकी बस्नेत, सुशिला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो बुधबार राती ८ बजेको समयमा स्थानिय देवीलाल बस्नते र टिकाराम बस्नेतको घर नजिकमा चट्याङ पर्दा उनीहरु घाइते भएका हुन् । घाइतेहरुको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।