२०८३ कार्तिक १२ गते बिहिवार

सल्यानमा जिप दुर्घटना हुँदा पाँच घाइते

सल्यान, ९ फागुन ।  सल्यानमा जिप दुर्घटना हुदा ५ जना घाइते भएका छन् । दुर्घटनामा परी जिपचालक जाजरकोट छेडागाड नगरपालिका–५ बस्ने २० वर्षीय शिखर चदारा, सोही ठाउँका ८४ वर्षीय भदे डाँगी, ५७ वर्षीय लालबहादुर डाँगी, ३९ वर्षीय जयबहादुर थापा र ५८ वर्षीय वीरे टमाटा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । प्रहरीका अनुसार नेपालगञ्जबाट जाजरकोट तर्फ जाँदै गरेको भे १ द्ध ३३४४ नम्बरको जिप सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ टाट्केमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाइते मध्य भदे डाँगीको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते सबैको सल्लीबजारस्थित सिटी फार्मेसीमा उपचार भइरहेको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।