तुलसीपुर, ५ फागुन । दाङको तुलसीपुरमा मिनि ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ट्रक चालक तथा साहु तुलसीपुर ११ का ४५ वर्षीय माधव भण्डारी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट सल्यानतर्फ जादै गरेको रा १ ख २४२४ नम्बरको इट्टा बोकेको मिनि ट्रकको ब्रेक र गेयरले काम नगर्दा तुलसीपुर ३ हरनेटी नजिकै अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको हो ।
ट्रकमा चालक र सहचालक मात्रै रहेको र सहचालक झरेको अवस्थामा ट्रक अनियन्त्रित भएकाले चालकले हाम फाल्दा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब २ सय मिटर तल खसेको छ ।।
प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।