तुलसीपुर, ३ फागुन । दाङमा स्कारपियोको ठक्करबाट घाइते भएकी बालिकाको उपचारकै क्रममा मृत्यु भएको छ । हिजो बुधबार अपरान्ह साढे ४ बजेको समयमा राप्ती गाउँपालिका ८ को पिपरी नजिकै स्कारपियो गाडीको ठक्करबाट साइकलमा सवार रहेका प्युठानको झिमरुक गाउँपालिका १ घर भई अहिले दाङको राप्ती गाउँपालिका ८ पिपरी बस्दै आएकी ३५ वर्षीया राधा बस्नेत र उनकै बहिनी १६ वर्षीया विपना केसी गम्भिर घाइते भएका थिए । दुर्घटनामा परी गम्भिर घाइते भएका दुई बहिनी मध्य राधाको लमही अस्पतालमै मृत्यु भएको थियो भने विपनालाई थप उपचारका लागी वुटवल रिफर गरिएको थियो ।
वुटवलको क्रिमसन अस्पताल मनिग्राममा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको प्र. ३–०१–०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले सोही दिशातर्फ आउदै गरेको साइकलमा सवार रहेका उनीहरुलाई ठक्कर दिएको हो । मृतक राधा लमही स्थित सुनाखरी बचत तथा ऋण सहकारी संस्थाको बजार प्रतिनिधीका रुपमा कार्यरत हुनुहुन्थ्यो । दुबै सवारी साधन नियन्त्रणमा लिएर घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।