२०८३ कार्तिक १२ गते बिहिवार

जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो

काठमाण्डौ, २ फागुन ।  पाल्पाको तिनाउ गाउँपालिकाको चिदिसामा हिजो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ भने अरु १६ जना घाइतेको उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा तिनाउ गाउँपालिका ६ मस्यामका यन कुमारी पन्त, राम बहादुर अस्लामी, कृष्ण बहादुर अस्लामी र उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका १४ तामनगर रुपन्देहीका चन्द्र रणपाल र चुना रणपाल, तिनाउँ गाउँपालिका २ खुर्सानेकी गिता सुनार, देवदह नगरपालिका ५ रुपन्देहीकी दिलमाया जिसि, रिब्दीकोट १ ख्याहाका दिल कुमारी सुनार र विष्णुकला कामी रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ । तानसेन बुटवल सडक खण्डमा पर्ने सिद्धार्थराजमार्गको डुम्रेबाट तिनाउ गाउँपालिकाको भित्री कच्ची सडक चिदिसका लागि छुटेको लु १ ज २३७१ नम्बरको जीप हिजो साझ दुर्घटनामा परेको हो । जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ । चालक तानसेन नगरपालिका १० का दान बहादुर चिदिलाई पक्राउ गरेर घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । १३ जनाको सिट पास हुने जिपले क्षमताभन्दा धेरै २६ जना यात्रु बोकेकाले दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।