तुलसीपुर, १ फागुन । पश्चिम दाङको शान्तिनगरमा रुखबाट लडेर एकजना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर २ बागमारेका ८३ वर्षीय दल बहादुर राना रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । घर नजिकै आफ्नै बारीमा रहेको कुटमेराको रुखमा चढेर घाँस काट्ने क्रममा हिजो दिउँसो साढे एक बजेको समयमा एक्कासी लड्दा रानाको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी आज अपरान्ह पौने ४ बजेको समयमा नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ ।।
प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।