तुलसीपुर, २७ माघ । दाङको दङ्गिशरणमा दुइवटा मोटरसाइकल आपसमा ठोक्किदा एकजना घाइते भएका छ्न । घाइते हुनेको तुलसीपुर ८ निबासी ३० वर्षिय ऋषि कडेल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार पश्चिमबाट तुलसीपुर तर्फ आउदै गरेको रा ४ प ७४७६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जादै गरेको बा.प्र. ००२०१७ प २६२७ नम्बरको मोटरसाइकल दङ्गिशरण ५ कुमलगडी नजिकै ठोक्किएर दुर्घटना हुदा रा ४ प ७४७६ नम्बरको मोटरसाइकलमा सवार कडेल घाइते भएका हुन । दुबै मोटरसाइकल चालकको अवस्था भने सामान्य रहेको र घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।