२०८३ कार्तिक १२ गते बिहिवार

अवैध हतियारसहित १३४ जना पक्राउ

काठमाडौं, २५ माघ ।  प्रहरीले पछिल्लो ६ महिनामा ११६ अवैध हतियारसहित १ सय ३४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी भीमप्रसाद ढकालका अनुसार, बरामद भएकामध्ये ६ वटा पेस्तोल, ४ रिभल्वर, १७ कटुवा पेस्तोल, ६ बन्दुक, ८१ भरुवा बन्दुक र २ एयर गन छन् । पक्राउ परेकाहरुबाट पेस्तोलको गोली ५३ राउण्ड, रिभल्वरको २२ राउण्ड, कटुवाको १७ राउण्ड, बाह्रबोरको १९ राउण्ड, बन्दुकको २० राउण्ड, भरूवाको ९३ राउण्ड र अन्य ३ राउण्ड गरी जम्मा २ सय २७ राउण्ड गोली समेत बरामद भएको डीआइजी ढकालले बताउनुभयो ।

काठमाडौं उपत्यकाबाट ७ थान हतियार र १४ राउण्ड गोली, कोशी प्रदेशबाट १८ थान हतियार र १५ राउण्ड गोली, मधेश प्रदेशबाट १४ थान हतियार र ६३ राउण्ड गोली, बागमती प्रदेशबाट १८ थान हतियार र २१ राउण्ड गोली, गण्डकी प्रदेशबाट ९ थान हतियार, लुम्बिनी प्रदेशबाट २५ थान हतियार र ७१ राउण्ड गोली, कर्णाली प्रदेशबाट १३ थान हतियार र ६ राउण्ड गोली तथा सुदूरपश्चिम प्रदेशबाट १२ थान हतियार र ३७ राउण्ड गोली बरामद भएका छन् । अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सक्रिय रहने नीति अनुसार प्रहरीले अवैध हतियारविरुद्ध सुक्ष्म निगरानी गरिरहेको डीआईजी ढकालको भनाई छ ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।