तुलसीपुर, १३ माघ । राप्ती बाल एकाडेमी तुलसीपुरको १५ औं बार्षिक उत्सव तथा अभिभावक भेला आज सम्पन्न भएको छ । नेपाली संस्कारमा आधुनिक शिक्षा भन्ने मुलनाराका साथ यहाँका प्राज्ञक व्यक्तिहरुले २०६५ सालमा स्थापना गरेको स्कुलले तुलसीपुरमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको सहभागीहरुले बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार पाण्डेको अध्यक्षता तथा एनप्याव्सनका केन्द्रिय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै केन्द्रिय उपाध्यक्ष डाँगीले पछिल्लो समयमा नेपालका दक्ष्य जनशक्ति बाहिरिएको भन्दै नेपालमै बस्ने वातावरण बनाउनु पर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारी, राप्ती बबई क्याम्पसका पूर्व क्याम्पस प्रमुख महेश आचार्य, एनप्याव्सन दाङका जिल्ला अध्यक्ष भोजराज न्यौपाने, सचिव शालिकराम कार्की, प्याव्सनका लुम्विनी प्रदेशका सदस्य बासु रिजाल, १९ नम्बर वाहिनीका सहसेनानी दिपक भट्ट, राप्ती बाल एकाडेमीकी पूर्व विद्यार्थी किर्ति डाँगी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक सुर्यप्रकास शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रगति प्रतिवेदन पेश गदै विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद डाँगीले हाल विद्यालयमा कक्षा १० सम्म पढाई हुने गरेको र ५ सय ८२ जना विद्यार्थीहरु अध्यन गरि रहेको बताउनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न ज्ञान तथा कलाहरु प्रदर्शनिमा राखिएको थियो । बार्षिक उत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु, नृत्य, गित र खेल प्रस्तुत गरिएको थियो । बार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण समेत गरिएको थियो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।