२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरी गम्भीर घाइते

तुलसीपुर, १२ माघ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर ५ रानिजरुवा निवासी १७ वर्षिया कमला केसि रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घरका अन्य सदस्यहरु भित्र रहेको अवस्थामा आज शुक्रवार बेलुका पौने ७ बजेको समयमा घरको छतबाट खसेर उनी घाइते भएको प्रहरीले जनाएको छ । उनले छतबाट आफै हाम फालेको हुन् अथवा अन्जानमा खसेको भन्ने बारे थाहा हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ । घाइते किशोरीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।