२०८३ कार्तिक १२ गते बिहिवार

सल्यानको दार्मामा ९ सय ५२ घरपरिवारको लागी अस्थायी टहरा निर्माण

सल्यान, १० माघ ।  सल्यानको दार्मा गाउँपालिकामा भुकम्पबाट क्षति व्यहोरेका ९ सय ५२ घरपरिवारको अस्थायी टहरा निर्माण भएका छन् । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको भुकम्पले दार्मामा मात्रै एक हजार १ सय ७९ घरमा क्षति पुगेको थियो । विभिन्न संघ संस्था, राजनितीक दल तथा पिडित परिवार आफैले हाल सम्म ९ सय ५२ वटा टहरा निर्माण गरेको दार्मा गाउँपालिकाले जनाएको छ । सम्बन्धीत घरपरिवार आफैले ६ सय ६६ अस्थायी टहरा निर्माण गरेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रले २ सय ६२ र नेकपाले १७ वटा टहरा बनाईदिएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो । यस्तै नेपाली सेनाले ४ वटा र एकिकृत समाजवादीले ३ वटा टहरा निर्माण गरेको पनि उहाँले जनाउनुभयो । हाल सम्म अस्थायी आवास निर्माणका लागि ५ सय २० घरधुरिलाई पहिलो किस्ता वापतको रकम भुक्तानी भएको पनि गाउँपालिकाले जनाएको छ । भुकम्पका कारण जिल्लाभरी एक हजार ७ सय बढी घर पूर्ण रुपमा क्षति भएका थिए ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।