२०८३ कार्तिक ११ गते बुधवार

दलितलाई लोकसेवाले लिने परीक्षामा फेल गराइन्छ : मन्त्री गुप्ता 

भालुबाङ , ४ पुस । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्र केस गुप्ताले दलित भएकै कारण लिखितमा पास भएकालाई अन्तरवार्तामा फाल्ने गरिएको खुलासा गर्नु भएको छ ।  दलित महिला संघले भालुबाङमा आयोजना गरेको प्रदेश स्तरीय दलित सशक्तीकरण विधेयक निर्माणका लागि छलफल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले यस्तो बताउनु भएको हो । लोकसेवा आयोगले  लिने गरेको हरेक तहका परीक्षामा पास भएपनि दलित भएकै कारण मौखिक अन्तरवार्तामा फाल्ने गरिएको दाबी गर्नुभयो । आफूले दलित समुदायको खुट्टा ढोक्ने गरेको दाबी गर्दै परीक्षा र अन्य क्षेत्रमा गरिने विभेदको अन्त्य नहुँदा सम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो । लुम्बिनी प्रदेश दलित सशक्तीकरण विधेयक मस्यौदा माथि छलफल भएको छ । त्यसैगरी मन्त्री गुप्ताले अझै पनि दलित समुदाय समाजमा दबिएर, हेपिएर बस्नु परेको बताउँदै उहाँले कानुन बनाएर समस्या समाधान गर्ने बताउनु भएको छ । यो देशमा सबै नागरिकको समान अधिकार भएको बताउँदै उहाँले अब दलित समुदाय माथि अन्याय गर्नु गलत कुरा भएको बताउनु भयो । 

कार्यक्रममा संघका केन्द्रिय सचिव हेमा सुनारले प्रस्तुत गरेको विधेयक मस्यौदामा गरिएको व्यपाक छलफलमा  सहभागीले  आवश्यक सुझाव समेत दिएका थिए । साथै उनीहरूले दलित समुदायको हक र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले छिटै दलित कानुन बनाउनु पर्ने बताएका छन् । सो अवसरमा प्रदेश सांसदहरू अर्जुन केसी, लोका विश्वकर्मा, नेपाली काँग्रेस दाङका सचिव बालिका लम्साल, राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वली, कार्यपालिका सदस्य लक्ष्मण बिश्वकर्मा,दलित अधिकारकर्मी निर्मल नेपाली लगायतले आआफ्ना धाराणा राख्नु भएको थियो । दलित महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।