तुलसीपुर, २९ मंसिर । दाङको तुलसीपुरमा साइबर अपराध अन्तर्गत फेसबुक आइडि ह्याक भएको भन्दै ६९ वटा उजुरी परेको छ । चालु आर्थिक वर्षको ५ महिनामा मात्रै साइबर अपराध सम्बन्धि ६९ निवेदनपरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार साइबर अपराध विरुद्ध १ वटा मुद्धा दर्ता भएको छ र उक्त व्यक्तिलाइ पक्राउ गरेर म्याद थप गरी मुद्धा चलाइएको छ । यस्ता कृयाकलापहरु फेसबुकको पासपोर्ट कमजोर हुँदा, सेक्युरिटि नमिलाउँदा ह्याक हुने र अस्लिल फोटोहरु पोस्ट हुने गरेको मल्लले बताउनुभयो । सामाजिक सन्जाल प्रयोग गर्दा सचेत रहन आग्रह गर्नुभयो ।।
प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।