तुलसीपुर, २९ मंसिर । अश्वारामा संचालित श्रीमदभागवत ज्ञान महायज्ञमा करिब ७ लाख रुपैयाँ आर्थिक संकलन भएको छ । महायज्ञमा नगद, तुलादान, कलश, धान्याञ्चल समेत गरेर ७ लाख आर्थिक संकलन भएको महायज्ञ संचालन आर्थिक उपसमितिका संयोजक शेषमणी शर्माले जानकारी दिनुभयो ।
धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा विशाल शालिग्राम स्थापना गर्ने उद्देश्यले तुलसीपुर – ८ अश्वाराको हयरियाली पार्क स्थित नवगदुर्गा भगवती मन्दिर परिसरमा मंसिर २५ गतेदेखि महायज्ञ संचालन हुँदै आइरहेको छ । पछिल्लो समय भक्तजनहरको संख्या दिनानुदिन बढ्दै गइरहेको आयोजकले जनाएको छ । आज मात्रै एक लाख बढी आर्थिक संकलन भएको छ ।
जस अनुसार तुलसीपुर उपमहानगरपालिका ८ निवासी रेशम बहादुर बस्नेतले सबै भन्दा बढी ५१ हजार रुपैयाँ दान गर्नु भएको छ । त्यसैगरी शेषमणी शर्माले २५ हजार र शंकर लामीछानेले २५ हजार नगद दान गरेको ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक टेकनाथ कवरले जानकारी दिनुभयो । महापुरान पुस ३ गतेसम्म संचालन हुने छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।