२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीुरमा १६ महिनामा ३० जना लागुऔषध कारोबारी पक्राउ

तुलसीपुर, २८ मंसिर । इलाका प्रहरी कार्यालय तुलसीुरले १६ महिनाको अवधिमा ३० जना लागुऔषध विक्री वितरण गर्नेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु १८ देखि ४० वर्ष उमेर समुहका रहेको इलाका प्रहरि कार्यलयका सुचना अधिकारि नवचन्द्र मल्लले जानकारि दिनुभएको छ । चालु आर्थिक वर्षको हालसम्म ५ जना पक्राउ परेकोमा ४ वटा मुद्धा दर्ता भएको छ भने गत आर्थिक वर्ष २५ जना पक्राउ परेकोमा १३ वटा मुद्धा दर्ता भएको थियो । उहाँका अनुसार चालु आर्थिक वर्षमा दुइ जनाको उमेर १८ देखि २५ रहेको छ भने दुइ जनाको २५ देखि ४० र एक जनाको ४० देखि माथि रहेका थिए । त्यस्तै गत वर्ष १८ देखि २५ सम्मको १३ जना पक्रउ परेका छन् ४० वर्षको ११ जना र ४० देखि माथि १ जना रहेका छन् थिए ।लागु औषधमा पनि सबैभन्दा धेरै ब्राउनसुगर कारोबारीहरु पक्राउ परेको मल्लले बताउनुभयो । यस्ता कार्य साथिहरुको संगतले हुनेगरेको उहाँको भनाइ छ । उहाँका अनुसार पक्राउ पर्नेमा दाङको तुलसिपुर, दंगिशरण र बबइ गाउपालिकाका युवाहरु रहेका छन् ।।

 

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।