२०८३ कार्तिक ११ गते बुधवार

अश्वारामा श्रीमद्भागवत् ज्ञान महायज्ञ सुरु 

तुलसीपुर, २५ मंसिर । दाङको तुलसीपुर –८ अश्वारामा श्रीमदभागवत् ज्ञान महायज्ञ आजदेखि सुरु भएको छ । धार्मिक क्षेत्रकाे पर्यटकीय क्षेत्रको विकास तथा विशाल शालिग्राम निर्माणार्थ सुरु भएको महायज्ञ पुस ३ गतेसम्म सञ्चालन हुने छ । ५० लाख आर्थिक संकलन गर्ने उद्देश्य रहेको महायज्ञमा करिब एक लाख भक्तजनले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।

महायज्ञको उद्घाटन हुनु अघि सुरु भएको शोभायात्रा ¥यालीले अश्वाराको गाउँको विभिन्न भाग परिक्रमा गरेको थियो । पञ्चेबाजा र झाँकीजुलुस सहितको शुभयात्राको स्वागतका लागि स्थानीयले  विभिन्न स्थानमा कलश राखेर स्वागत गरेका थिए । शोभायात्रा ¥यालीमा माध्यामिक विद्यालय अश्वारा, शिशुनिकेतन बोर्डिङ स्कुल, रत्नशीला बोर्डिङ स्कुल, जीवन ज्योति बोर्डिङ स्कुल, गौरी विकास टोल, सृजना टोल, अन्नपूर्ण टोल, एकता टोल, मायालु टोल, चेतना टोल,  शान्ति टोल, नमूना टोल, आत्मनिर्भर लघुवित्त, भट्टे कृषि सहकारी संस्था लगायत दर्जनौँ सङ्घसंस्थाको सहभागिता रहेको थियो । आयोजक संस्था नवदुर्गा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झग्गु प्रसाद साहुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वाचक स्वामी डा. चक्रपाणी आचार्य, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, धर्तीमाता विष्णु कवँर, धार्मिक अभियन्ताद्वय खगेन्द्र प्रसाद बस्याल, खिम प्रसाद खराल, योग साधक योगेन्द्र बहादुर शाह,(दिपक) शिवसेना नेपाल दाङका सचिव वासुदेव भुसाल, कृष्ण केसी लगायतले आआफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक खगेन्द्र काफ्लेले गर्नु भएको थियो  ।

     

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।