२०८३ कार्तिक ११ गते बुधवार

दक्ष जनशक्ति उत्पादनमा जोड दिदै कपुरकोट गाउँपालिका

तुलसीपुर, २२ मंसिर ।  कपुरकोट गाउँपालिकाले दक्ष जनशक्ति उत्पादनमा जोड दिन थालेको छ । त्यसका लागि ‘एक मावि, एक सीप विकास तालिम’ अभियान अन्तर्गत पालिकाले सीप सिकेर आयआर्जन गर्न चाहनेका लागि विभिन्न आधारभूत सीपमूलक तालिम सञ्चालन गर्न लागेको छ । सीपलाई परिणाममुखी बनाउन मावि तहका विद्यालयलाई पालिकाले छनौट गरेको छ ।

पालिकाले जीवनज्योति मावि कपुरकोटले सञ्चालन गर्न लागेको हाउस वायरिङ्गमा १५ जना, नेरा माविले सञ्चालन गर्न लागेको प्लम्बिङ्ग तालिममा १५ जना, कालिका माविले सञ्चालन गर्न थालेको पेन्टर तालिममा ४० जना, वीरेन्द्र माविले सञ्चालन गर्न लागेको सिकर्मी तालिममा १५ जना र भवानी माविले सञ्चालन गर्न लागेको डकर्मी तालिममा २० जनाको कोटा निर्धारण गरिएको छ ।  विभिन्न सीप सिक्न चाहने युवा युवतीले मंसिर २५ गतेदेखि पुस २५ गतेसम्म कपुरकोट गाउँपालिकाको समाजिक विकास शाखामा सम्पर्क गर्न सक्नेछन् ।

बेरोजगार उत्पादन हैन विद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने  थलोको रुपमा विकास गर्न  यस्तो अभियानको सुरुवात गरिएको कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत वलीले जानकारी दिनुभयो । सिप सिकेका युवायुवतीलाई पालिकाले रोजगारको समेत व्यवस्था मिलाउने छ । ‘पालिकामा रहेका मावि तहका विद्यालयमा  प्रत्येक वर्ष कम्तिमा १५/२० जना दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो सोच छ । उनिहरुलाई भौतिक संरचना निर्माण तथा पुराना भवनहरूको जिर्णोद्धारमा प्रयोग गरेर स्वरोजगार बनाउने लक्ष्य लिएकाछौ । यसले पढ्दै सिक्दै कमाउँदै गर्ने अभियानलाई पनि सार्थक तुल्याउँछ ।’ प्रमुख प्रशासकीय अधिकृत वलीले भन्नुभयो ।।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।