तुलसीपुर १८ मंसिर । अश्वारामा सञ्चालन हुन लागेको श्रीमदभागवत् ज्ञान महायज्ञको तयारी तीब्र पारिएको छ । ज्ञान महायज्ञ सञ्चालनको दिन नजिकीएसंगै पत्राचार, पर्चापम्पलेट वितरण, माइकिङ, सरसफाइको काम तीब्र पारिएको हो ।
त्यसैगरी जग्गे, होम, यज्ञमण्डप, धान्याञ्चल पर्वत, यज्ञकुण्ड, तुलसी शालिकग्राम परिक्रम, गौमाता पुजन कक्ष लगायतका कामहरू भइरहेका छन् । धार्मिक पर्यटकीय क्षेत्रको विकास र विशाल शालिग्राम निर्माण गर्ने उद्देश्यले मंसिर २५ गतेदेखि तुलसीपुर उपमहानगरपालिका –८ अश्वारा स्थित नवदुर्गा भगवती मन्दिर परिसरमा महायज्ञ सुरु हुन लागेकाे महायज्ञ मुल आयाेजक समितिका संयाेजक टेकनाथ याेगीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।