तुलसीपुर १६ मंसिर । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति दाङको १२औं पूर्ण बैठक विभिन्न निर्णहरु गर्दै सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका –१८ स्थित घोरदौडामा बसेको बैठकले ट्रेड युनियन दर्ता दिवसको अवसर पारेर पुस १८ गते स्थानीय, प्रदेश र संघीय सरकारका कर्मचारीका बीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ ।
त्यसैगरी पुस मसान्तसम्म जिल्ला प्रशिक्षण कार्यक्रम गर्नका लागि संगठनको सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने सदस्यता नवीकरण, तथा कर्मचारी कल्यान कोषमा आवद्धताका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । पर्यटकीय क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास र प्रचार प्रसारमा सहयोग पु¥याउने उद्देश्यले घोरदौरामा १२ औं पूर्ण बैठक बसेको सङ्गठनका जिल्ला सचिव बाबुराम न्यौपानेले जानकारी दिनुभएको छ ।
सङ्गठनका जिल्ला अध्यक्ष शेर बहादुर केसीको अध्यक्षतामा एवं नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रिय सदस्य गोकर्ण वलीको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय सदस्य नारायण प्रसाद घर्तीकाे विशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।
प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।