दाङ, १६ मङ्सिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङ शाखाको आयोजनामा आज शनिबार लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । केन्द्रीय प्याब्सनको आयाेजना हरेक वर्ष हुँदै आएकाे राष्ट्रिय लाेक नृत्य प्रतियोगिताका लागि जिल्ला स्तरीय लाेक नृत्य छनौट चरणको कार्यक्रम घोराहीस्थित मेचीकाली आवासीय माध्यमिक विद्यालयमा सम्पन्न भएकाे हाे ।
प्रतियोगितामा गाेरखा माेडेल लमही प्रथम, लिटल एञ्जल राप्ती भालुवाङ द्वितीय र गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीले तृतीय स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम र द्वितीय भएका विद्यालयका विद्यार्थी भाेलि आइतबार बुटवलमा हुने लुम्बिनी प्रदेश स्तरीय छनाैट प्रतियोगितामा सहभागी हुनेछन् । प्रदेशकाे छनाैट चरणबाट प्रथम समूह समूह केन्द्रीय प्याब्सनले आयाेजना गर्ने प्रतियोगितामा सहभागी हुनेछन् ।
जिल्लामा उत्कृष्ट भएका तथा सहभागी विद्यार्थी र विद्यालयलाई आगामी पौष २४ गते प्याब्सनको स्थापना दिवसका अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएकाे थियो । कार्यक्रममा प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्द, मेचीकाली आवासीय माविका अध्यक्ष धर्मबहादुर केसी लगायतले मन्तव्य राखेका थिए । प्याब्सन दाङका उपाध्यक्ष चक्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।