रोल्पा,२५ कात्तिक । लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री धनबहादुर मास्कीले संघीयताले गाउँ–गाउँमा बिशेषज्ञ सेवा पुगेको बताउनु भएको छ । रोल्पा अस्पतालको भवन उद्घाटन शत्रमा मन्तब्य ब्यक्त गर्दै मन्त्री मास्कीले संघीयताले एकात्मक राज्य ब्यबस्थालाई विकेन्द्रित गरि गाउँ–गाउँमा अधिकार दिएको भन्दै स्वास्थ्य क्षेत्रमा पनि त्यसले फड्को मारेको बताउनुभयो । रोल्पामै विशेषज्ञ सेवा सुरु भएपछि अब सामान्य प्रकारको उपचारकै लागि पनि काठमाडौं, बुटवल, दाङ, नेपालगञ्ज धाउनु पर्ने अबस्था नरहने समेत मन्त्री मास्कीको भनाइ छ । ‘भवन निर्माण भएको छ, यहाँ अब धेरै बिशेषज्ञ सेवाहरु प्रभाबकारी रुपमा सञ्चालनमा आउनुपर्छ’,उहाँले भन्नुभयो,‘यो अस्पताल ५० सैयाको अनुमति पाइसकेको अस्पताल हो । ५० सैयाको अस्पताललाई ब्यबस्थित रुपमा सञ्चालन गरेमा जिल्लाबाटै सहज रुपमा विरामीलाई सेवा दिन सक्छ, त्यसकालागि ब्यबस्थापन टिम, चिकित्सक तथा कर्मचारीहरु दत्तचित्त भएर लाग्नुहुनेछ, भन्ने मैले विश्वास लिएको छु ।’
सेवा प्रवाहकालागि पूर्वाधारको पनि महत्वपूर्ण भूमिका हुने भन्दै लामो समय अस्थायी संरचनाबाट सेवा प्रवाह गर्दै आएको यो अस्पतालले सुविधासम्पन्न भवन पाएको उहाँले बताउनुभयो । ऐतिहासिक ठाउँमा रहेको यो अस्पताललाई ब्यबस्थित बनाउने सन्दर्भमा लुम्बिनी प्रदेश सरकार ‘हातमा हात र काधमा काँध’ मिलाउन तयार रहेको समेत उहाँले बताउनुभयो ।
रोल्पा अस्पतालमा विशेषज्ञ चिकित्सक नियमित रुपमा उपलब्ध गराउन तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरेको समेत उहाँको भनाइ छ । साथै रोल्पा अस्पतालमा एकीकृत अक्सिजन पाइपलाइन विस्तार तथा चिकित्सकीय औजार उपकरण खरिदकालागि समेत बजेट आएको छ ।
त्यस्तै चालु बजेटमा हामीले लुम्बिनी प्रदेश सरकारबाट जनयुद्ध, जनआन्दोलनका घाइतेहरुको लागि स्याहार केन्द्र सञ्चालनमा ल्याउनकालागि २ करोड बजेट छुट्याएको छ । जसबाट प्रदेश स्तरीय स्याहार केन्द्र बनाउनकालागि जग्गा खोजिरहेको उहाँले बताउनुभयो । जसलाई निकट भबिष्यमा राष्ट्रिय स्तरको स्याहार केन्द्र बनाउने योजना रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै घाइते तथा अपाङ्गता भएका ब्यक्तीहरुको उपचारकालागि ५० लाख, द्वन्द प्रभाबितहरुकालागि स्वरोजगार बनाउन २० लाख, शहीद परिवारलाई स्वास्थ्य बीमाकालागि २० लागि बजेट ल्याएको जानकारी दिनुभयो ।उक्त भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको हो। पार्टीको आमसभामा सहभागि हुन प्रचण्ड रोल्पा पुग्नु भएको हो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।