२०८३ मङ्सिर १० गते बिहिवार

गैराखाली सामुदायिक वनका करिब ८ हेक्टर क्षेत्रफलको रुख सुके

तुलसीपुर १५, कात्तिक । तुलसीपुर उपमहानगरपालिका ६ र ७ मा पर्ने गैराखाली सामुदायिक वनका करिब ८ हेक्टर क्षेत्रफलमा लगाइएका सिसौ र खएरका रुख सुकेका छन् । विक्रम संवत २०५३÷०५४ सालमा लगाएका उक्त रुखहरु सुकेको सामुदायिक वनका अध्यक्ष बासुदेव आचार्यले जानकारी दिनुभयो । सुकेको रुखहरु काठको रुपमा काम नलाग्ने अवस्थामा रहेकाले विपतमा परेका उपभोक्ताहरुलाई दाउराको रुपमा सहयोग स्वरुप दिने गरिएको उहाँले बताउनु भयो । यसैगरी अन्य समयमा स्याउलाहरु काट्न नपाइने तर बार्षिक रुपमा १ सय ५० रुपैयाँ क्वीन्टलका दरले प्रति उपभोक्तालाई २ क्वीन्टल दाउरा उपलव्ध गराउने गरेको उहाँको भनाइ छ ।

१ सय २ दशमलव ९३ हेक्टर क्षेत्रफल रहेको उक्त सामुदायिक वनका १ हजार २ सय ४५ जना उपभोक्ता रहेका छन् । सामुदायिक वनमा पाइने जडिबुटीहरु भने लोप भइसकेको अध्यक्ष भूषालले बताउनु भयो । उहाँका अनुसार धाइरो, धवलविरुवा, दोर्णपुष्प, धौँटी लगायतका विभिन्न प्रकारका जडिबुटी पाइन्थ्यो तर आजभोली यी सबै विरुवाहरु पाइदैन, लोप भइसके, उहाँले भन्नुभयो । लोप भएका जडिबुटीहरु फेरी वन डिभिजन कार्यालयसँग समन्वय गरेर जडिबुटीहरु लगाउने योजना रहेको समेत उहाँको भनाइ छ । यस्तै सामुदायिक वनमा पाइने हिलेगिद्ध पनि लोप भएका छन् । अहिले सारी, धनिष, ढुकुर, सुगा, कौवा, भँगेरा, बाँदर, बनेल जस्ता पशुपंक्षीहरु पाइने गरेको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।