२०८३ कार्तिक ११ गते बुधवार

सम्भावित घटना हुन नदिन हामी सचेत छौ : डीएसपी पोख्रेल 

तुलसीपुर, ७ कार्तिक । इलाका प्रहरी कार्यालय तुलसीपुरले चाडपर्वको समयमा हुन सक्ने सम्भावित आपराधिक घटनालाई रोक्नका लागि सचेत रहेको बताएको छ । चाडपर्वको समयमा हुन सक्ने, चोरी, डकैती, लुटपाट, कुटपिट जस्ता अवाञ्छित क्रियाकलापलाई रोक्नका लागि सादा पोशाक, मोबाइल गस्ती र क्युआर टोलि परिचालन गरिएको डीएसपी ठाकुर प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

दशैँको समयमा आफन्तको घरमा टिका थाप्न जाने भएकाले खाली घरमा चोरी हुनसक्ने, मापसे गरेर होहल्ला र कुटपिट जस्ता घटनाहरू हुन सक्ने भएकाले ग्रामीण भेगमा मातहतका प्रहरी चौकी र बजारमा मोबाइल गस्तीलाई सतर्क अवस्थामा राखेको डीएसपी पोख्रेलले बताउनुभयो ।  दिउँसो सम्म कुने अप्रिय घटना नभएको बताउँदै डीएसपी पोख्रेलले गाउँघरमा त्यस्तो कुनै शंकास्पद गतिविधि भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नु भएको छ । 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।