तुलसीपुर । एकै घरपरिवारका चार जना दृष्टिहीन परिवारलाई खाद्यान्न र नगद हस्तान्तरण गरिएको छ । रिपोर्टस् क्लब दाङको समन्वयमा यस पटकको बडा दशैँको अवसरमा तुलसीपुर –७ रक्षाचौर निवासी दृष्टिहीन गणेश गन्धर्वको घरमै पुगेर २ सय किलाे चामल , १० लिटर तेल , १० किलो आटा र नगद ७ हजार रुपैयाँ सहयाेग गरिएको हो ।
तुलसीपुर उद्योगवाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, रोटरि क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष पवन योगि, ज्ञानज्योति फाउण्डेसनका सीओ सुरेन्द्र जिसी, नबिल बैक तुलसीपुरका प्रबन्धक सुधीर भण्डारी, तुलसीपुर उद्योगवाणिज्य संघका महासचिव विनील केसी, कोषाध्यक्ष देवबहादुर केसी व्यवसायी दुर्गा बहादुर खडका, पत्रकार बालाराम खड्का लगायतकाे टाेली खाद्यान्न र आर्थिक रकम लिएर घरमै पुगेकाे थियाे । रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीको पहलमा विगत ११ वर्ष देखि दृष्टिहीन परिवारलाई बडा दशैकाे अवसरमा सहयाेग गर्ने गरिएकाे छ । साे अवसरमा दृष्टिहीन परिवारले सहयोगहीरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।