२०८३ भाद्र २७ गते शनिवार

उज्यालो उरहरी

तुलसीपुर । अध्याँरो उरहरीलाई उज्यालो बनाउने काम सुरु गरिएको छ । त्यही काम तर फरक ढंगले गरेर आफुलाई छुट्टै पहिचानका रुपमा चिनाउने मान बहादुर रावतको शैली नै हो । किनकी १९ वटा वडा मध्य रावतको काम गर्ने शैली रचनात्मक भएकाले बेला मौकामा रावतलाई कामले चर्चामा ल्याउने गर्छ । नेपालीहरुका महान चाडपर्व नजिकिदै गर्दा अध्याँरो गाउँलाई रातको समयमा झलमल्ल उज्यालो बनाएर त्यसलाई पुष्टि गर्ने काम तुलसीपुर उपमहानगरपालिका – ११ का वडा अध्यक्ष मान बहादुर रावतले गर्नुभएको छ । उज्यालो अभियानले रातको समयमा उरहरी बजार क्षेत्रमा आवतजावत गर्न स्थानीयलाई सहज पनि भएको छ । वडा भित्रका विभिन्न स्थानमा सडक बत्ती जडान भए उज्यालो गाँउ सगैंै शान्ती सुरक्षामा समेत मद्दत पुग्ने वडाध्यक्ष रावतले बताउनुभयो । यसका लागि टोल संग सहकार्य गरि अघि बढ्ने उहाँको भनाइ छ । पहिलो चरणमा उरहरी आदर्श नगर टोलद्वारा गाउँ उज्यालो बनाउने उद्देश्यले टोल बिकासको सक्रियतामा सडक बत्ती जडान गर्ने काम पूरा भएको हो ।

दामोदर सडक अन्र्तगत जस्पुर जनबहार चोक देखि उरहरी हस्नापुर जोड्ने क्वाङखोला पुल सम्म गरि ४६ वटा पोलहरुमा सडक बत्ती जडान गर्ने कार्य सुरु भएको हो । यस अन्र्तगत आज दामोदर सडक विच पर्ने उरहरी आदर्शनगर टोलमा सडक बत्ती जडान गरि उद्घाटन भएको छ । उज्यालो अभियानलाई सधै कायम राख्न सडकमा बल्ने बत्तीलाई आफ्नै सम्झेर संरक्षण गर्न स्थानीयलाई आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।