२०८३ कार्तिक ११ गते बुधवार

 कपुरकोटमा जेष्ठ नागरिकहरूलाई सम्मान

सल्यान,१४ असोज ।सल्यानको कपुरकोट गाउँपालिकामा सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यले  जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा गाउँपालिकाको वडा नम्बर २ र ३ का जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

जेष्ठ नागरिकहरूको पोषण अवस्था सुधार गर्नका लागि वडा नम्बर ३ ले ४४ जनालाई भिटामिन सिरप र चिसोबाट बचाउन वडा नम्बर २ ले २४ जना  ६० वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको छ । कपुरकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाइका प्रमुख ईश्वर पुनका अनुसार गाउँपालिका भरी जेष्ठ नागरिकहरु १ हजार ७८ जना रहेका छन् ।

वडा नम्बर २ का वडा अध्यक्ष ईश्वर बुढा र वडा नम्बर ३ का वडा अध्यक्ष प्रदिप खड्काको अध्यक्षतामा भएको दुई छुट्टा छुट्टै कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई सम्मान गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जेष्ठ नागरिकले आफ्नो जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभव आदान प्रदानका लागि जेष्ठ नागरिक विश्राम गृह बनाउने बताउनु भयो । बुढेस कालमा घुमफिर गर्ने र एक आपसमा मनोरञ्जन गर्ने सम्भावना कम हुने भएकाले गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरूलाई सामूहिक धार्मिक तीर्थ यात्रा गराउने योजनामा आफूहरू रहेको पुनको भनाई छ ।

 यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जेष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउनु गाउँपालिकाको प्रमुख दायित्व भएको बताउनु भयो । आफ्नो दायित्व पुरा गर्नकै लागि जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको उँहाको भनाई छ । भण्डारीले सामाजिक घर–परिवार प्रणालीमा चलेको गाउँपालिका एउटा घर रहेको जनाउदै संयुक्त घरको जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको बताउनु भयो ।।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।