तुलसीपुर, १ असोज । सिद्ध बाबा अटो पार्टस तुलसीपुरले एक कार्यक्रमको आयोजना गरेर विश्वकर्मा बाबाको पूजाअर्चना गरेको छ । हस्तकला, शिल्पकार, हतियारविज्ञ र हजारौं वस्तुगत रचनाका प्रेरणा भएकाले विश्वकर्मा बाबाको धुमधामका साथ पूजा गरिएको सिद्ध बाबा अटो पार्टसका सञ्चालक टोपबहादुर घर्तीले जानकारी दिनुभयो ।
आजको दिन वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ सहित पूजाअर्चना गर्ने गरिन्छ । आज दाङ सहित देशैभर विश्वकर्मा बाबाको पूजाको दिन मोटरसाइकल, जीप, बस, ट्रक, ट्याक्टर, कार, टिप्पर, मिल, ग्यारेज लगायत औजारबाट बनेका सबै धातुको पूजा गरिन्छ ।

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।