फोटो फाईल
दार्चुला , १७ चैत । दार्चुलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–४ ओशिल भन्ने ठाउँमा भित्री सडक खण्डमा मंगलबार बिहान सुपप्र ०१ – ००१ ज १६४१ नम्बरको जिप दुर्घटना दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले दुर्घटनामा परेर जिपमा सवार शैल्यशिखर नगरपालिका १ बस्ने ४५ वर्षको भरत तितरा र मालिकार्जुन ७ बस्ने ३५ वर्षीया मनीषा पालको मृत्यु भएको बताउनुभयो ।
गम्भीर अवस्थामा घटनास्थलबाट उद्धार गरिएका दुवै जनाको गोकुलेश्वर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालकसहितका चार जना घाइते छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार




