नवलपरासी, १४ चैत । पूर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशातर्फ काठमाडौंबाट रोल्पा जाँदै गरेको लु२ख २३५१ नंम्बरको बस र ना ५ख २२७५ नंम्वरको पिकअप गाडीलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।
ट्रकले ठक्कर दिएपछि बस करिब १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी -बर्दघाट सुस्ता पश्चिम)ले जनाएको छ ।दुर्घटनामा मृत्यु भएका एक जनाको मात्रै पहिचान भएको छ । उहा रोल्पाको बागमाराका करिब २५ वर्षीय गोबिन बुढा रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सनाखत भएको छैन । उनीहरुको शव जिल्ला अस्पतालमा राखिएको छ ।
दुर्घटनामा घाइतेहरुको लुम्बिनी सिटी अस्पताल बुटवल र स्थानीय चिसापानी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा परी घाईते हुनेमा बसमा सवार जिल्ला रोल्पा परिवर्तन ४ बस्ने वर्ष २४ को मरिचमान घर्तीमगर, बस चालक माडी बस्ने वर्ष २४ को हिमाल घर्ती मगर, जिल्ला कञ्चनपुर कृष्णपुर ६ बस्ने वर्ष २८ को लोकराज ओझा,ट्रक चालक जिल्ला बर्दिया बारबर्दिया ७ बस्ने वर्ष २४ को सागर चौधरी,सोहि ठाउँका वर्ष १९ को जिवन चौधरी, जिल्ला काठमाडौ बस्ने वर्ष २८ कि लक्ष्मी खत्री,रोल्पा माडि २ बस्ने वर्ष १९ को किरण पुन मगर, सोहि ठाउँका वर्ष ४८ कि सुशिला नेपाली,रोल्पा माडि ४ वस्ने वर्ष ५८ को मोतिलाल डाँगी,सोहि ठाउँका वर्ष ६२ को झुप बहादुर घर्ती, सोहि गाउँपालिका ३ बस्ने वर्ष ६२ को तिर्थ बहादुर पुन, चितवन इछ्छा मनकामना १ वस्ने बर्ष ३१ को विशाल चेपाङ,पिकअप चालक चितवन रत्न नगर वस्ने वर्ष २९ को आषिक गुरुङ, दाङ घोराही ३ बस्ने वर्ष ४९ को खिम बहादुर नेपाली र एक महिलाको परिचय खुल्न बाँकी रहेको छ । दुर्घटनाको बारेमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।




