तुलसीपुर, ८ श्रावन । दाङको दंगीशरण गाउँपालिका ५ मा गत आर्थिक वर्ष २०७९/०८० मा जम्मा २२ वटा योजनाका काम मध्य १८ वटा मात्रै सम्पन्न भएका छन भने ४ वटा योजनाका काम हुन नसकेर बजेट फ्रिज गएको छ । यस्तै ११ वटा अन्य कार्यक्रम मध्य ७ वटा सम्पन्न भएका छन भने ४ वटा कार्यक्रम बजेट अभावले हुन नसकेको दंगीशरण ५ का वडा सचिव प्रेम प्रकास चौधरीले जानकारी दिनुभएको छ । उहाका अनुसार भवन आवास तथा सहरी विकासका २ वटा योजनाको बजेट अभावले काम हुन सकेन भने सडक निर्माणका २ वटा योजनाको सहमती हनु नसकेर २ लाख बजेट फ्रिज भएको हो । त्यसैगरी स्वास्थ्य सम्बन्धि कार्यक्रम १, कृषी सम्बन्धि कार्यक्रम १ र पशुपंक्षी सम्बन्धि २ वटा कार्यक्रम पनि बजेट अभावले हुन नसक्दा ३ लाख ५० हजार बराबरको कार्यक्रम भएको छैन । वडामा आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत ७ वटा बाटो बनाइएको छ भने ६ वटा पक्कि सिचाई कुलो निर्माण गरिएको छ ।
यस्तै लिप्ट सिचाई, चौपारी निर्माण, कल्भर्ट निर्माण, सामुदायीक भवन र टतबन्धन एक/एक वटा निर्माण गरिएको छ भने अन्य कार्यक्रम ७ वटा सम्पन्न गरिएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा योजना र कार्यक्रम तर्फ वडा कार्यालयबाट झन्डै ६५ लाख रुपैयाँ विनियोजन भएकोमा काम हुन नसकेर २ लाख रुपैयाँ फ्रिज भएको छ भने बजेट अभावले ३ लाख ५० हजार बराबरको काम गर्न नसकिएको वडा सचिव प्रेम प्रकास चौधरीले जानकारी दिनुभएको छ । यता दंगीशरण ५ का वडाअध्यक्ष निरज बस्नेतले गत वर्ष २०७९/०८० को बजेट खर्च सन्तोसजनक नै रहेको बताउनुभएको छ । नया ट्रयाक निर्माणको काम भरी सहमती हुन नसकेर बजेट फिर्ता भएको र अन्य केही कार्यक्रमहरु पनि बजेट अभावले हुन नसकेको भन्दै समग्रमा बजेट खर्च सन्तोसजनक नै रहेको उहाले बताउनुभयो । वडामा अत्यन्तै न्युन बजेट हुने भन्दै उहाले अब आगामी वर्ष देखी भएजतिको स्रोत साधनलाई भरपुर प्रयोग गरेर अगाडी बढ्ने योजना रहेको बताउनुभयो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।