तुलसीपुर, ६ श्रावन । दाङको दंगीशरण गाउँपालिका १ को बाकीमा केही समय अगाडी बनाइएको आरसिसि ढलान (कच वय) जिर्न बन्दै गएको छ । उक्त आरसिसि ढलान (कच वय) बनाउने ठेकेदारकै लापरवाहीका कारण कच वयको अवस्था कमजोर भएको हो । स्थानियका अनुसार निर्माण गरिएको केही समयमै ठेकेदार आफैले जवरजस्ति ट्याक्टर, टिप्पर लगाएत ठुला गाडीहरु हिडाएकाले पलस्तर दबेर सरिया देखिन थालेका हुन् । दंगीशरण १ का पुर्व वडाअध्यक्ष श्री प्रसाद चौधरीका अनुसार रहरपुर चौधरी गाउँदेखी खर्का टोल सम्म *
सडक कटिङ गर्ने, सोही सडकमा कल्भर्ट निर्माण गर्ने, वाल र ग्राभल समेत गरेर आर्थीक वर्ष २०७७/०७८ सालमा भन्डै ५० लाखमा प्रमोद निर्माण सेवाका सञ्चालक प्रदिप केसीलाई उक्त कामको जिम्मा दिइएको थियो । तर, उहाले निर्माण गर्न बित्तिकै जवरजस्ति गाडी हिडाउदा यस्तो अवस्था सृजना भएको स्थानियको आरोप छ । काम सम्पन्न भएको ५/६ महिनामै सडकमा बनाइएको कच वयमा सरिया देखिन थालेको भएपनि अहिले सम्म कसैले चासो नदिएको स्थानियको भनाई छ ।
कच वयमा सरिया देखिन थालेपछि त्यहीबेलै पुर्व वडाअध्यक्ष श्री प्रसाद चौधरीलाई मर्मत गर्नको लागी पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको र अहिले आएर वर्तमान वडाअध्यक्ष रमेश भण्डारीलाई समेत मर्मतका लागी अनुरोध गरेपनि कुनै चासो नदेखाएको उनीहरुको भनाई छ । सिमेन्टको व्यवस्था गरिदिनुस् हामी श्रमदान गरेर भएपनि बनाउछौँ भन्दा पनि कुनै वास्ता नगरेको भन्दै स्थानियले गुनासो गरेका छन । यता उक्त कामको जिम्मा लिएका निर्माण व्यवसायी प्रदिप केसीले १६ महिना भित्रमा काममा कुनै समस्या आएमा त्यसको जिम्मेवारी आफुले लिने व्यवस्था रहेको बताउनुभएको छ । तर, सो काम सम्पन्न भएको २ वर्ष वितिसकेकाले त्यसको जिम्मा आफुले लिन नसक्ने उहाको भनाई छ । उहाले आज सम्म आफुलाई यस विषयमा कुनै जानकारी नआएको बताउनुभएको छ । तर, स्थानियले भने निर्माण सम्पन्न भएको ५/६ महिनामै कच वयमा सरिया देखिएको बताएका छन । निर्माण सकेर ठेकेदार उक्त स्थानमा नगएकाले पनि ठेकेदार सँग कुरा राख्न नसकिएको भन्दै पुर्व जनप्रतिनिधी देखी वर्तमान जनप्रतिनिधीलाई भने पटकपटक मर्मतका लागी आग्रह गर्दै आइरहेको भएपनि सबै मुकदर्शक बनेको स्थानियको भनाई छ । उक्त रहरपु्र खर्काटोल सडकखण्डमा अहिले पनि खाल्डाखुल्डीका कारण समस्या खेप्नु परेको भन्दै अटो चालकहरुले गुनासो गरेका छन ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।