२०८३ भाद्र २८ गते आइतवार

दंगीशरण ३ बाट विनियोजन भएको बजेट मध्य झन्डै साढे ४ लाख फ्रिज

चेतन वली । तुलसीपुर, ५ श्रावन । दाङको दंगीशरण गाउँपालिका ३ मा गत आर्थीक वर्ष २०७९/८० मा जम्मा ४० वटा शिर्षकमा विनियोजन भएको बजेट मध्य ३४ वटा शिर्षकको बजेट मात्रै पुरा खर्च भएको पाइएको छ । ५० प्रतिशत अनुदानमा आधुनिक यन्त्र उपकरण वितरणका लागी छुट्याइएको ३ लाख २० हजार बजेट मध्य २ लाख ६६ लाख मात्रै खर्च भएको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतको ९ लाख मध्य ७ लाख मात्रै खर्च भएको दंगीशरण ३ का वडा सचिव भक्तीराम पाण्डेले जानकारी दिनुभएको छ । यस्तै जैविक विसादी तालिम र बंगुर पालन तालिम अन्र्तगतको ५०/५० हजार रुपैयाँ रहेकोमा कत्ती पनि खर्च हुन सकेको छैन भने ५० प्रतिशत अनुदानमा मिल्क क्यान र गोठ सफा गर्ने स्प्रे वितरणका लागी छुट्याइएको १ लाख र विद्युतिय च्यापकटर वितरण कार्यक्रमको १ लाख पनि पनि खर्च हुन नसकेको वडा सचिव पाण्डेले बताउनुभएको छ ।

यता दंगीशरण ३ का वडा अध्यक्ष सुकलाल चौधरीले कृषी सम्बन्धि सामाग्री वितरणको लागी पालिकाको कृषी शाखा र पशु सम्बन्धि सामाग्रीको लागी पशु शाखालाई सिफरिस गरेको बताउनुभएको छ । वडाले आफै वितरण गर्न नमिल्ने भन्दै सम्बन्धित शाखालाई अनुरोध गरेको भएपनि काम नभएको बताउनुभयो । यसैबिच वडा कार्यालयबाट आर्थीक वर्ष २०८९/०८० मा मात्रै ९ वटा सडक मर्मतका काम भएका छन भने ४ वटा पक्कि कुलो निर्माण गरिएको छ । यस्तै ४ वटा तट बन्धन निर्माण भएका छन भने भवन, कल्भर्ट, चौचालय, सूचना पार्टी, पक्कि वाल र लिप्ट सिँचाई एक/एक वटा निर्माण गरिएको छ । त्यसैगरी खेलखुद सामाग्री वितरण, सांस्कृतिक तथा संगित सामाग्री वितरण, दलित अतिविपन्न परिवारलाई पोशाक वितरण, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, भुयार थान पुजा, जेष्ट नागरिक ल्याप टेष्ट लगाएत ११ वटा अन्य कार्यक्रम गरिएको वडा सचिव पाण्डेको भनाई छ । वडा कार्यालयबाट विनियोजन गरिएको ६० लाख रुपैयाँ मध्य ४ लाख ५४ हजार रुपैयाँ बजेट खर्च हुन नसकेर फ्रिज भएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।