५० लाख लागतमा तुलसीपुरमा सीटी टाउन सञ्चलनमा  

तुलसीपुर, २६ असार । दाङकाे तुलसीपुर –९ दोघरे स्थित टाउन प्लानिङमा ५० लाख लागतमा सिटी टाउन होटल सञ्चालनमा आएको छ । आर्थिक मन्दिकाबीच व्यवसायीहरू पलायन भइरहेका बेला सिटी टाउन होटल सञ्चालनमा आएको हो । ८ वर्ष भारतको गुवामा होटल क्षेत्रमा काम गरेका प्रशान्त भारतीले विदेशमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने र आर्थिक आम्दानी मार्फत जिवीको पार्जन गर्ने उद्देश्यले होटलमा लगानी लगाएको बताउनुभयो ।

होटलमा चाइनिज, इन्डियन, लगायतका विभिन्न खानाको  परिकार बनाइने सञ्चालक भारतीले बताउनुभयो । जस मध्य सबै भन्दा बढी अर्गानिक खानालाई जोड दिइने बताइको छ । यसैबीच एक कार्यक्रमका बिच होटलको उद्घाटन गरिएको छ । होटलको उद्घाटन तुलसीपुर उद्योगवाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे गर्नुभएको हो ।  

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया