२०८३ भाद्र २८ गते आइतवार

दंगीशरणको मायाखोलामा पक्की पुल निर्माण, जाली नहुदा पुल नजिकको सडक भत्किन सुरु

चेतन वली । तुलसीपुर, २६ असार ।  दाङको दंगीशरण गाउँपालिका ४ बैँबाङ स्थित मायाखोलामा पक्की पुल निर्माण गरिएको छ । उक्त पुल निर्माणको जिम्मा पहिले जलजला सिद्धार्थ दर्शन जयमाँ स्वर्गद्धारी जे.भी दाङले लिएको थियो । तर, २५ महिनामा सक्नुपर्नेमा उसले २९ महिना पुरा हुदा सम्म ३० प्रतिशत मात्रै काम गरेर लामो समयसम्म काम गर्न सकेको थिएन । पछि उसैले अर्का ठेकेदार डिल्ली डाँगीलाई निर्माणको जिम्मा दिएपछि छोटो समयमा नै अहिले पुल निर्माणको काम समपन्न भएको सडक पुर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिस कुमार अर्यालले जानकारी दिनुभएको छ । तर, पुल निर्माण सम्पन्न भएपनि पुलको आसपासमा उत्तर र दक्षिणतिरको भागमा आवश्यक मात्रामा जाली नलगाउदा पुल जोखिममा परेको छ भने ठुलो पानी परेपछि सडकको कच्ची ग्राभेल भत्केर बाटो नै अबरुद्ध हुन सक्ने सम्भावना रहेको छ । पुलदेखी सडकतिरको साइडमा कच्ची माटो र ग्राभेल गरेको स्थानमा वरिपरिबाट जाली लगाएर सडक सुरक्षित गर्नुपर्ने भएपनि त्यसो हुन नसक्दा जोखिम बढेको स्थानियले बताएका छन ।

यता सडक पुर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले भने पुलको स्टमेटमा थोरै मात्रै जाली लगाउने भएकाले त्यसै अनुसारको काम गरेको र बाकी काम अर्को वर्ष हुने बताउनुभएको छ । स्टमेट भन्दा बढि काम गराउदा पछि भुक्तानीमा समस्या हुने भन्दै पुल नजिकमा जाली लगाउन नसकिएको उहाले बताउनुभएको छ । जाली लगाउनका लागी आर्थीक वर्ष २०८०/८१ का लागी ४० लाख रुपैयाँ छुट्याउन लगाएको पनि उहाले बताउनुभएको छ । उक्त सडकमा नियमित रुपमा सवारीसाधन सञ्चालन हुने अवस्थामा राख्ने जिम्मा निर्माण व्यवसायीको भएको भन्दै कार्यालय प्रमुख अर्यालले ग्राभेल भत्केर सडक अबरुद्ध हुने अवस्था भएमा तत्काल मर्मत गर्न लगाउने बताउनुभएको छ । त्यसको बारेमा आफुले पनि बुझेको भन्दै अब फेरी एक पटक उक्त पुलको अनुगमन गर्ने उहाले बताउनुभएको छ ।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।