२०८३ भाद्र २८ गते आइतवार

दंगीशरण २ मा यो आर्थीक वर्षमा २८ वटा योजनाका काम सम्पन्न

तुलसीपुर, २५  असार । दाङको दंगीशरण गाउँपालिका २ मा आर्थीक वर्ष २०७९/८० मा जम्मा ३० वटा योजनाका कामहरु मध्य २८ वटा सम्पन्न भएको पाइएको छ । देवी भगवती मन्दिर तारवार योजना र देवी मन्दिर तारवार योजनामा उपभोक्ता समिति कोहिपनि बस्न नमानेपछि काम हुन नसकेको र कोटेसन मार्फत गर्नका लागी पालिकालाई सिफरिस गरिएकाले काम हुने नहुने निश्चित नभएको दंगीशरण २ का वडा सचिव चुडामनि देबकोटाले जानकारी दिनुभएको छ । ३० वटा योजनाका लागी वडा कार्यालयले आर्थीक वर्ष २०७९/८० मा जम्मा ७० लाख ४९ हजार रुपैयाँ विनियोजन गरेको थियो । जसमा वडा कार्यालयको २०७९/८० को बजेट मार्फत दुई वटा कल्भर्ट निर्माण गरिएको छ भने १० वटा सडक ग्राभेल गरिएको छ ।

यस्तै कुवा १० वटा, पक्की नाला ६ वटा, पक्की सिचाई कुलो र मलामी विश्राम टहरा २/२ वटा, चौतारा, यात्रु प्रतिक्षालय,  नया ट्रयाक र पार्किङ टहरा एक/एक वटा निर्माण गरिएको छ । त्यसैगरि एउटा डिप बोरिङ मर्मत गरिएको छ भने एउटा चर्च मण्डलीको भवन पनि निर्माण गरिएको छ । यस्तै वडामा अन्य कार्यक्रम ९ वटा रहेकोमा ६ वटा मात्रै सम्पन्न भएका छन भने ३ वटा बजेट अभावले हुन नसकेको वडाअध्यक्ष डम्बर खत्रीले जानकारी दिनुभएको छ । लक्षित वर्गका लागी भनेर वडाबाट छुट्याइएको ३ लाख बढिको कार्यक्रम पनि स्रोत अभावकै कारण गर्न नसकिएको उहाले बताउनुभएको छ । काम नभएका दुईवटा योजनाहरु पालिकालाई कोटेसनमा गर्न सिफारिस गरिएकाले उक्त योजनाको बजेट फृज हुने नहुने निश्चित नभएको वडा सचिव देवकोटाले बताउनुभएको छ । उक्त दुई वटा योजनाको काम नभएमा यो आर्थीक वर्षमा वडाबाट विनियोजन भएको झन्डै ५ लाख रुपैयाँ फृज जाने अवस्था रहेको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।