२०८३ भाद्र २८ गते आइतवार

समाचारको प्रभाव: दंगीशरण १ को अलपत्र काम पुनः सुचारु

तुलसीपुर, २१ असार ।  दाङको दंगीशरण गाउँपालिका १ मा अलपत्र अवस्थामा रहेको सडक मर्मत तथा नाला निर्माणको काम पुनः सुचारु भएको छ । १ नम्बरको वडा कार्यालय जोड्ने सडकमा ६ महिना अगाडी नाला खनेर त्यतिकै छाडीदिदा सडक छेउमै रहेको १ नम्बरको आधारभुत स्वास्थ्य केन्द्रको भवन नै जोखिममा परेको थियो । भवनको जग नै देखिने गरि नाला खनेर छाडेपछि वर्षातको समयमा भवन भत्किन सक्ने जोखिम बढेको भन्ने गुनासो आएपछि हिजो मात्रै “ठेकेदारको लापरवाहीका कारण दंगीशरण १ को स्वास्थ्य चौकी भवन जोखिममा” भन्ने शिर्षकमा तुलसीपुर खबर डटकमबाट समाचार सार्वजनिक गरिएको थियो भने  रेडियो प्रकृती एफएमबाट यस विषयमा रिपोर्ट समेत प्रशारण गरिएको थियो ।  त्यस लगत्तै फोन गरेर बिहिबार देखी काम सुरु गर्ने बताएका निर्माण व्यवसायी अर्थात उक्त कामको जिम्मा लिएका ओसिस कन्ट्रक्सनका सञ्चालक प्रकाश महतराले आजबाट नाला निर्माणको काम सुरु गर्नुभएको हो ।

तर, आफुले जिम्मा लिएको नाला र सडकको काम मात्रै भएको भन्दै स्वास्थ्य चौकीको भवन सुरक्षित गर्नलाई पक्की वाल लगाउनु पर्ने उहाले बताउनुभएको छ । पक्की वाल लगाउने काम प्राविधिक स्टमेटमै नरहेको उहाको भनाई छ । यता दंगीशरण १ का वडा अध्यक्ष रमेश भण्डारीले ठेकेदारले नालासहित पक्की वाल पनि लगाउने सहमती भएको बताउनुभएको छ । पहिले नै पालिकाबाट इन्जिनियर आएर नापजाँच गरेको र सबै काम ठेकेदारले गनुपर्ने सहमती भएको उहाको दाबी छ । त्यसैगरी निर्माण व्यवसायी महतराले स्टमेटमा नभएको काम गर्न नसकिने भन्दै लगाउनै परे मानवताको नाताले वाल लगाउन सकिने बताउनुभएको छ । अब फेरी काम गर्नलाई पाँच जना मान्छे पठाई सकेको भन्दै निरन्तर रुपमा काम अगाडी बढाएर छिट्टै सम्पन्न गर्ने उहाको भनाई छ । वडा कार्यालय नजिकै अलपत्र परेको कल्भट सँगै अन्य कामहरु समेत छिटै सम्पन्न गर्ने उहाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।