दाङ, १३ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बर्षेनी राज्यको कोष चरम दोहन गर्दै आउनु भएकाे छ। विगतमा पनि राज्यबाट अरबौं बजेट लिएर दंगीशरण गाउँपालिका ३, दाङ स्थित थारु संग्राहलयलाई हराभरा बनाउनु भएकाका चौधरीले यस पटक पनि करोडौं बजेट कुम्लाउनु भएकाे छ । मुख्यमन्त्री चाैधरीले चखौरामा बिभिन्न ४ वटा शीर्षकमा एक करोड ६० लाख बजेट छुट्याउनु भएकाे छ ।
थारु संग्रहालय पार्क निर्माणकालागि ५० लाख, मुर्ती निर्माण तथा खरिद गर्न ५० लाख, बनिरहेको माथिल्लो तलामा थारु घर विश्राम निर्माण भनेर ३० लाख रुपैँया छुट्याएका छन् । त्यस्तै तुलसीपुर भित्रका महिलाहरुलाई आयबृद्धि तालिम दिनकालागि भनेर थारु संस्कृतिक संरक्षण केन्द्रलाई ३० लाख बजेट बिनियोजन गरेका छन् । केन्द्र पनि चखौरा थारु संग्रहालय सञ्चालन गरिरहेको संस्था हो ।
संग्रहालयकाे झलक
चखौरामा सोही बजेट गइरहदा थारु समुदायको एतिहासिक ठाँउ सुकौरामा भने न्यून बजेट गएको छ । गुरुयोजना अनुसार संरचना निर्माण गर्न भनेर दुई वटा शीर्षकमा ५० लाख मात्रै बजेट गएको छ । यो अनुसार यस पटक पनि सुकौरालाई अन्याय भएको छ । चखौरा हराभर हुँदा सुकौरा सुक्खा छ । चखौरामा रहेको संग्राहलयमा प्रवेशका लागि मात्रै ५० रुपैँया तिर्नुपर्छ । त्यहाँ दैनिक सातसयको हाराहारीले अवलोकन गर्ने गर्छन् । त्यो सबै आम्दानी संग्राहलयले नै राख्छ । त्यसको न आम्दानी संग्रहालयले हाल्ने तर, राज्यले बर्षेनी करोडौं लगानी गरिरहेको छ । संग्रहालय सञ्चालन गरिएको जग्गा ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) को नाममा रहेको छ। चौधरी बेसको अध्यक्ष हुनुहुन्छ । राज्यको लगानीमा व्यक्तीले नाफा लिने कार्य गलत छ : काँग्रेस नेता खड्का नेपाली काँग्रेस दाङ क्षेत्र नं ३ का संघिय सभापति जगत बहादुर खडकाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीबाट पश्चिम दाङबासीले विकासको आशा गर्न नसकिने बताउनुभएको छ । साविक राप्तीको पाँच वटा जिल्लालाई पाइक पर्ने टरिगाउँमा रहेको दाङ एयरपोर्टमा सून्य बजेट र व्यक्तिगत मूनाफा आर्जन गर्न सकिने चखौरामा रहेको संग्रहालयमा करोड बजेट छुट्याउनुले त्यो कुरालाई पुष्टि गरेको उहाँले बताउनुभयो । चौधरीकै कारण थारु समुदायको एतिहासिक ठाँउमा रहेको सुकौरामा रहेको दंगीशरण राजाको दरबार भने अझेलमा परेको उहाँले बताउनुभयो ।
विभिन्न शिर्षकमा राज्यकाेषकाे दाेहन यसरी गरिएकाे छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।